शहीद स्मारक ए डिभिजन लिग : फ्रेन्ड्स क्लवमाथि मच्छिन्द्रको जित

काठमाडौं । भुटानी खेलाडी चेन्चो ग्याल्सेनले गोल गरेसँगै शनिवार साविक विजेता मच्छिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लवमाथि २–१ को रोमाञ्चक जित निकाल्दा सहिद स्मारक ए डिभिजन लिगकै अर्को खेलमा खुमलटार युथ क्लवले मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई पनि समान २–१ गोल अन्तरले पराजित गरेको छ ।
११ औं चरणको खेल अन्तर्गत च्यासल मैदानमा शनिवार सम्पन्न खेलमा मच्छिन्द्रलाई जित दिलाउन चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले समान एक गोल गरे । फ्रेण्ड्सका लागि रफिक अमिनुले १ गोल फर्काए । निकै अपेक्षा गरिएर मच्छिन्द्रमा अनवबन्ध गरिएका चेन्चोले आफ्नौ छैठौं खेलमा गोल गर्न सफल भएका हुन् ।
चेन्चोले ४५औं मिनेटमा मच्छिन्द्रका लागि अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि मच्छिन्द्रले फ्रेण्ड्सलाई दबाब दिएर खेल्यो । ६३औं मिनेटमा देवेन्द्रले टोलीको अग्रता दोब्बर बनाएका थिए । देवेन्द्रले चेन्चोको प्रहारमा फेन्ड्सका खेलाडीलाई लाग्दै आएको रिबाउन्ड बललाई जारी चुमाउन सफल भएका थिए ।
२–० ले पछि परेपछि खेलमा फर्किन निकै प्रयास गरेको फ्रेण्ड्सका लागि ७६ औं मिनेटमा अमिनुले गोल गर्दै अन्तर घटाए । बाँकी समयमा थप प्रयास गरे पनि फ्रेण्ड्स सफल हुन सकेन र अंक सुम्पियो । यस जितसँगै मच्छिन्द्रले जारी लिगमा चौथो जित निकालेको छ । मछिन्द्रले ११ खेलमा १६ अंक जोड्दा छैटौं स्थानमा रहेको छ । फ्रेन्ड्सले ११ खेलमा ११ अंक जोडेको छ । फ्रेण्ड्स १२ औं स्थानमा रहेको छ ।
लिग अन्तर्गत दशरथ रंगशालामा भएको खेलमा मुख्य प्रशिक्षक बिना खेलेको खुमलटारले सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङमाथि २–१ को रोमाञ्चक जित निकाल्यो । यससँगै मनाङले लगातार चार खेलमा नतिजा सुम्पिएको छ । खुमलटारलाई जित दिलाउन दुवै गोल मेसोके ओलुमोउले पहिलो हाफमा र दोस्रो गोल दोस्रो हाफको इन्जुरी समयमा गरेका थिए । यसअघि मनाङका कोफी टिमोथी कुडोले पेनाल्टीबाट एक गोल फर्काउँदै खेल बराबरीको अवस्थामा ल्याएको थियो ।
प्रतिष्पर्धात्मक बनेको खेलको १३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई शुरुवाती अग्रता दिलाएका थिए । पेनाल्टी बक्सभित्र एकल प्रयासमा मनाङका दुई रक्षकलाई बिट गर्दै टोलीको खाता खोलेका थिए । ५३औं मिनेटमा खुमलटारका विशाल बस्नेतले पेनाल्टी बक्सभित्र सुमित श्रेष्ठलाई फाउल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो ।
६१ औं मिनेटमा कुडो पेनाल्टी अवसरलाई खेर फाले । खुमलटारका अविशेक वर्माले रन्दिप पौडेललाई पेनाल्टी बक्सभित्र फाउल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो । खेलको अन्तिम तिर काउन्टरको प्रयास गरेको खुमलटारका लागि इन्जुरी समयमा मेसोकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारको तिज निश्चित गरे ।
जितसँगै खुमलटारले ११ खेलमा ४ जित, १ बराबरी र ६ हारको नतिजासहित १३ अंक जोडेको छ । पराजय ब्यहोरेको मनाङको समान खेलबाट ४ जित, ३ बराबरी र ४ हारको नतिजासहित १५ अंक छ । लिगमा आइतबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल हिमालयन शेर्पा र सातदोबाटो युथ क्लवबीच च्यासल मैदानमा खेल हुनेछ भने दोस्रो दशरथ रंगशालामा संकटा र थ्री स्टारबीच प्रतिष्पर्धा हुनेछ ।









फाइनलमा हार्याे नेपाल, युएईले जित्यो उपाधि
उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट
चुनाव निर्धारित मितिमै हुन्छ, कुनै समस्या छैन : मन्त्री घिसिङ
राष्ट्रियसभा चुनावबारे अध्यक्ष दाहाल र प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच छलफल
साेमबार घट्याे सेयर बजार, काराेबार रकम चार अर्ब ७१ करोड
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
प्रतिक्रिया