चलचित्र काँडेतार जस्ताको त्यस्तै प्रदर्शन गर्न नपाए अदालत जान्छुः नवल खड्का

काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले काँडेतार चलचित्रका कुनै दृश्यहरु संवाद नकाटीकन प्रदर्शन गर्न नदिए सेन्सर बोर्डबिरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।
बुधवार चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सेन्सर बोर्डले चलचित्रका केही दृश्य र संवादहरु काटेर मात्रै प्रशारण गर्नभन्दै चलचित्र प्रशारणमा रोक लगाएको बताए । खड्काले आफूले चलचित्रमा हटाउनैपर्ने कुनै त्यस्ता दृश्यहरु नरहेकाले सबै दृश्य र संवादहरु राखेर प्रर्दशन गर्न दिन आग्रह गरेको बताए ।
उनले भने, ‘सेन्सर सर्टिफिकेट नउठाएको काँडेतारले पायो, कसैले त्यत्तिकै फण्डा गरिरहेको छ भन्ने किसिमको कुरा यहाँ आएपछि मैले सुनेँ, सेन्सर सर्टिफिकेट मैले पाएको छैन, सेन्सर बोर्डले सधैँको लागि चलचित्रलाई ब्याण्ड गरेको पनि होइन । त्यहाँ केही संवाद र दृश्यहरु सुधारेर ल्याउन सुझाव दिनुभएको छ । मैले पनि कुनैपनि दृश्यहरु नकाटिकन दर्शकसँग लैजान पाउँ भनेर अपिल गरेको छु, सेन्सर बोर्डले यो अनुरोध सुनेन भने त्यसको लागि न्यायलय, अदालत छ ।’
अध्यक्ष खड्काले चलचित्र काँडेतारले सेन्सर सर्टिफिकेट नपाएको पनि बताए ।


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
प्रतिक्रिया