प्रहरीमा बढुवाको गति डिएसपीमा आएर किन रोकियो ?

काठमाडौं । नेपाल प्रहरीमा बसन्त कुँवर महानिरीक्षक भएर आएपछि खाली भएका पदमा बढुवा गर्ने कार्यलाई प्राथमिकता दिएर अघि बढेका थिए । १० चैतमा महानिरीक्षक नियुक्त कुँवरले १२ चैतमा पदबहाली गरेका थिए ।
११ चैतमा शनिबार भएकाले १२ चैतमा पदवहाली गरेका कुँवरले त्यसको अर्कोदिन १३ चैतमा ४ प्रहरी नायब महानिरीक्षक (डिआईजीपी)लाई अतिरिक्त महानिरीक्षक (एआईजीपी) बढुवा सिफारिस गरेका थिए ।
त्यसपछि एआईजीपी बढुवा भएर खाली रहेको डिआईजीपी बढुवामा पनि कुँवरले धेरै दिन अल्मल्याएनन् । सिफारिस भएको एक सातामा बढुवाको निर्णय हुने कानुनी प्रावधान छ ।
एआईजीपी ‘कनर्फम’ भएका दुई साता बित्न नपाउँदै कुँबरले २९ चैतमा १३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डिआइजीमा बढुवा सिफारिस गरे । त्यसको १५ दिनमै १५ बैशाखमा १८ प्रहरी उपरीक्षक (एसपी)लाई एसएसपीमा बढुवा सिफारिस गरे ।
२९ बैशाखमा २२ प्रहरी नायब उपरीक्षक (डिएसप)िलाई एसपी बढुवा गर्न सिफारिस भएको थियो । त्यसपछि भने प्रहरी निरीक्षक (इनिस्पेक्टर)बाट डिएसपी बढुवा सिफारिस गर्ने काम सुरु हुन सकेको छैन ।
अब दरबन्दी रिक्त नहुने भयो, भटाभट बढुवाबाट पदपूर्ति हुने भयो भनेर खुसी भएका प्रहरी अधिकृतहरू फेरि निराश हुने अवस्था सृजना भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
नेपाल प्रहरीमा ४४ डिएसपी पद रिक्त भएको एक साताभन्दा बढी भइसकेपछि अधिकृतहरू पुरानै परिस्थिति दोहोरिन लाग्यो भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।
अहिलेसम्म वरियताक्रम अनुसार बढुवा सिफारिस गरेका कुँवले इनिस्पेक्टरबाट डिएसपी बढुवा गर्दा भने वरियता मिच्न दबाब आएकाले निर्णय गर्न नसकेको निकटस्थ स्रोत बताउँछ ।
४४ डिएसपीका लागि एक सय ४४ इन्सपेक्टर प्रतिस्पर्धामा छन् । २०७० सालमा भर्ना भएको इन्सपेक्टरको टोली अहिले बढुवाको प्रतिस्पर्धामा छ । संख्या धेरै बढुवा गर्नुपर्ने थोरै पद भएकाले पनि बढुवा पेचिलो बनेको छ । त्यसमाथि सबै प्रतिस्पर्धीहरु शक्तिकेन्द्र धाएर बढुवामा दबाब दिँदा अफ्टेरो भइरहेको प्रहरी अधिकारीहरू बताउँछन् । त्यसले नियमित बढुवाको सूची बनाउन कुँवर र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अफ्टेरो भइरहेको स्रोतहरू बताउँछन् ।
आकर्षक पोष्टिङमा बसेका इनिस्पेक्टरहरू केही बुझाएर भए पनि बढुवा हुन तयार देखिएकाले पनि विचौलियाहरू सल्बलाइरहेका छन् । यसले कतै अहिलेसम्म वरियताका आधारमा बढुवा गरेका कुँवर वरियता कायम गर्ने अडानमा कायम रहन नसक्ने हुन कि भन्ने आशंका देखिएको छ ।
महानिरीक्षक कुँवर नक्कली भुटानी शरणार्थी प्रकरणमा विवादमा परेकाले पनि बढुवामा ध्यान दिन नपाएको उनकै सचिवालयका अधिकारीहरू बताउँछन् ।










दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल
मक्काबाट मदिना जाँदै गरेकाे बस डिजेलको ट्याङ्करसँग ठोक्किँदा ४२ भारतीयको मृत्यु
यी हुन् सबैभन्दा बढी कर तिर्ने करदाता
प्रहरीको आग्रह : एनपीएलको पहिलो दिनको टिकट बिक्री भइसक्यो, बाहिर भीड नगरौँ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया