रिलिज अघि नै प्रभासकाे आदिपुरुषले कमायाे ४३२ करोड
मेरोन्यूज
२०८० जेठ २० गते १२:०६

मुम्बई। प्रभास, कृति सेनन र सैफ अली खानको प्रतिक्षित फिल्म ‘आदिपुरुष’ रिलिजको अन्तिम तयारीमा छ ।
फिल्मको टिजर र गीतले फिल्मप्रति दर्शकलाई कौतहुलता बढाइरहेको छ । फिल्मका निर्माताले रिलिज अघि नै कुल बजेटमध्ये ८५ प्रतिशत रकम उठाइ सकेका छन् । अर्थात फिल्मले रिलिज अघि नै ४ सय ३२ करोड सुरक्षित गरिसकेको छ । करिब ५ सय करोड बजेटमा बनेको फिल्ममा ओम राउतको निर्देशन छ ।
फिल्मले नन थिएट्रिकल रेवेन्यू, जसमा सेटलाइट राइट्स, म्युजिक राइट्स, डिजिटल राइट्स र अन्य राइट्स गरेर २ सय ४७ करोड कमाएको हाे । यसबाहेक साउथमा थिए ट्रिकल रेभिन्यूबाट एमजीका रुपमा १ सय ८५ करोड कमाएको छ ।
फिल्मका व्यापार विश्लेषकले फिल्मले आक्रामक ओपनिङ गर्ने दाबी गरेका छन् । फिल्मले हिन्दी संस्करणमै रिलिजको तीन दिनमा १ सय करोड कमाई गर्ने उनीहरुको ठोकुवा छ ।
सम्बन्धित


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
प्रतिक्रिया