मंगलबार, चैत २४, २०८२

दाेहाेराे अंकले घट्याे सेयर बजार

मेरोन्यूज २०८० असार ५ गते १५:०९

काठमाडौं । कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६ दशमलव ५६ अंकले घटेर २,०६४ दशमलव ८३ को विन्दुमा झरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार ३० कम्पनीको शेयर मुल्य बढेको छ भने १९२ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६८ कम्पनीको १ करोड ७ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोडमाथिको शेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा धेरै निफ्राको शेयर कारोबार भएको छ । आज कम्पनीको २० करोड ५७ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।

यस्तै शिवम् सिमेन्टको १९ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया