सोमबार, चैत २३, २०८२

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्री ?

मेरोन्यूज २०८० असार ६ गते ११:३९

काठमाडौं। नेपाल सुनचाँदी महासंघका अनुसार लगातार दोस्रो दिन पनि सुनचाँदीको मूल्य घटेको छ । महासंघका अनुसार बुधबार पनि सुनचाँदीको मूल्य घटेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।

मंगलबार छापावाल सुनको मूल्य १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम थियो । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको थियो । 
यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको थियो । मंगलबार १४ सय ३० रुपैयाँ कायम रहेको चाँदी बुधबार १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया