नेप्सेमा थप दुई कम्पनीकाे सेयर कारोबार सुरु

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रावा इनर्जी डेभलपमेन्ट र मोदी इनर्जीको सेयर कारोबार सुरु भएको छ । बुधबार स्पेसल प्रि ओपन सेसनमा रावा इनजीको पहिलो कारोबार प्रतिकित्ता २४९.३० रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।
रावाको चुक्ता पुँजीका आधारमा कायम कुल २८ लाख कित्ता सेयर मंगलबार सूचीकृत भएको थियो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ८३.१० रुपैयाँदेखि २४९.३० रुपैयाँसम्म तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट कारोबार सुरु भएको हो । ‘आरएडब्लुए’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ ।
यता, मोदी इनर्जीको पहिलो कारोबार प्रतिकित्ता २७० रुपैयाँमा खुला भएको छ । सोही भाउलाई आधार मानेर नियमित कारोबार पनि हुनेछ । यसको चुक्ता पुँजीका आधारमा कायम २ करोड ९० लाख कित्ता सेयर मंगलबार सूचीकृत भएको हो । यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९२.५७ रुपैयाँदेखि २७७.७१ रुपैयाँ तोकिएको थियो । ‘एमइएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ ।
















देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया