सरकारी खाता रोक्का

काठमाडौँ । देशभरका सरकारी खाता रोक्का गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो ।
महालेखाको यही असार १० गते जारी सूचनाअनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए ।
उनका अनुसार गए रातिदेखि कुनै पनि रकम भुक्तानी लिन पाइने छैन । प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन ।
राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेक आज पनि साटिन सक्नेछन् । तर कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न भने नपाइने सूचना अधिकारी खनालले बताए ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया