सोमबार, जेठ २६, २०८२

राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंगिन्छ : मन्त्री साउद

मेरोन्यूज २०८० असार २५ गते १७:५१

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विभिन्न देशमा रिक्त राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंगिने बताएका छन् ।

सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले राजदूत नियुक्त चाँडै हुने बताएका हुन् । उनले राजदूत नियुक्तिको बारेमा निर्देशिकामा स्पष्ट रुपमा ५० प्रतिशत कर्मचारी परराष्ट्र सेवाबाट र ५० प्रतिशत कर्मचारी बाहिरबाट दिने किसिमको कार्यविधि रहेकाले सोही अनुसार अघि बढाउने बताए ।

‘राजदूत नियुक्तिबारे अब हाम्रो निर्देशिकामा स्पष्ट रुपमा ५० प्रतिशत कर्मचारी परराष्ट्र सेवाबाट र ५० प्रतिशत कर्मचारी बाहिरबाट दिने किसिमको हाम्रो कार्यविधि छँदैछ, सो अनुरुप यथाशिघ्र राजदूत नियुक्तिको प्रक्रिया थाल्नेछु,’ उनले भने, ‘गम्भीर छलफलको चरणमा छौँ, चाँडै सम्पन्न हुनेछ ।’

मन्त्री साउदले यथाशिघ्र राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउने दाबी गरे ।

Advertisement
machhapuchare

प्रतिक्रिया