फार्मेसी अधिकृत मृत्यु घटनामा मनमोहन कार्डियोका प्रशासन अधिकृतसहित ४ कर्मचारीविरुद्ध दुरुत्साहन मुद्दा

काठमाडौं । आत्महत्या दुरुत्साहन आरोपमा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेल मृत्यु घटनामा चार जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा चार जनाविरुद्ध मुद्दा दायर गरेको हो । घटनाको प्रहरी वृत्त महाराजगञ्जले गरेको अनुसन्धान गरी प्रतिवेदन जिल्ला सहकारी वकिल कार्यालयलाई बुझाएको थियो ।
आत्महत्या दुरुत्साहनको आरोपमा मनमोहन कार्डियोका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तविरुद्ध मुद्दा दायर गरिएको हो। अहिले मुद्दा दायर भएका चारै जनालाई प्रहरी वृत्त महाराजगञ्जले गत असार २९ गते पक्राउ गरेर अनुसन्धान गरेको थियो।
फार्मेसी अधिकृत पोखरेल अस्पतालमै मृत भेटिएका थिए। अर्घाखाँचीको शीतगंगा नगरपालिका घर भएका पोखरेल कपडाको पास लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।
अनुसन्धानमा खटिएको प्रहरी टोलीले फेला पारेको सुसाइड नोटमा उनले आफूमाथि छानबिन भएका विषयहरु उल्लेख गरेका थिए। उनले आफूलाई फसाएर केही व्यक्तिहरु उम्कन खोजेको पनि सुसाइड नोटमा लेखेका थिए। सुसाइड नोटमा लेखेका थिए, मलाई फसाएर उम्कन खोज्ने तिमीहरुको जय होस्।’
















स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया