माओवादी बैठकले गर्यो नेताहरूको नयाँ कार्यविभाजन, कसलाई कुन विभाग ?

काठमाडौँ प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रको काठमाडौँमा जारी केन्द्रीय कार्यसमितिको बैठकले नेताहरूको कार्यविभाजन गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा राखेको नयाँ कार्यविभाजनको प्रस्ताव पारित भएको हो ।
पारित प्रस्ताव अनुसार कोशी प्रदेशमा चक्रपाणि खनाल, मधेश प्रदेशमा लिलामणि पोखरेल, बागमती प्रदेशमा जनार्दन शर्मा तथा गण्डकी प्रदेशमा देवेन्द्र पौडेलले इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा हितमान शाक्य, कर्णाली प्रदेशमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्यले इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
त्यस्तै पदेशको सम्पर्क सम्वन्वय समितिको इञ्चार्जमा गिरिराजमणि पोखरेल, उपत्यका विषेशमा वर्षमान पुन, प्रवास र विदेश विभागमा राम कार्की, समाजवादी मोर्चा र पार्टी एकता विभागमा कृष्णबहादुर महरा, जनवर्गीय संगठन इन्चार्जमा पम्फा भुसाल तथा प्रचार एवं प्रविधि विभागमाअग्नि सापकोटाले जिम्मेवारी पाएका छन् ।
विधान प्रविधि, प्राध्यापक लगायत विभागमा गणेश शाह, कानुन लगायत विभागमा दिनानाथ शर्मालाई जिम्मेवार ितोकिएको छ ।
विगतमा जिम्मा लिएका नेताहरुको कार्यविभाजन सम्पूर्ण रुपमा हेरफेर गरिएको छ । विगतमा प्रदेशका जिम्मा लिएका नेतालाई अलग प्रदेशमा
विगतमा फ्याक्सन इन्चार्जको जिम्मा लिएका नेताहरुलाई फरक जिम्मेवारी दिइएको छ ।

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया