आइतबार, फागुन ३, २०८२

बाढीले बगाउँदा दाजु-बहिनीको मृत्यु

मेरोन्यूज २०८० भदौ १८ गते १०:२६

रुकुम पश्चिम । रूकुम पश्चिममा विद्यालयबाट घर फर्किंदै गरेका एकै घरका दुई बालबालिकाको बाढीले बगाउँदा मृत्यु भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन् ।

बाढीले बगाएपछि बेपत्ता भएका बालबालिकाको शव आइतबार राति नौ बजे घटनास्थलभन्दा केही तल फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मनोजको एक सय ५० मिटर र भावनाको शव आठ सय मिटर तल फेला परेको थियो । उनीहरु दाजु बहिनी थिए । दाजु मनोज कक्षा ३ र बहिनी भावना कक्षा १ मा अध्ययनरत थिए।

प्रतिक्रिया