कांग्रेस सहमहामन्त्री यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले घटनाबारे सरकारको ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले जानकारी गराउन सरकारालाई निर्देश गरेका हुन् ।
त्यस्तै सभामुख घिमिरेले कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा पनि सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।
बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा सहमहामन्त्री यादवमाथि धारिलो हतियार प्रहार भएको थियो । प्रहरीका अनुसार अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट धारिलो हतियार हानेका थिए । यादवको अहिले राष्ट्रिय ट्रमा सेन्टरको आइसीयुमा उपचार भइरहेको छ ।
यस्तै, सांसदहरुले उपचारको अभावमा वालिकाको मृत्यु भएको सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गरेका छन् । उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको सोमबार साँझ निधन भएको थियो । खर्च नभएको कारण देखाएर बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको बताइन्छ ।

















युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
प्रतिक्रिया