शनिबार, फागुन २, २०८२

नेम्वाङलाई शौचालयमा बेहोस अवस्थामा फेला पारेका थिए परिवारले

मेरोन्यूज २०८० भदौ २६ गते ७:२५

काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । परिवारका सदस्यहरुले शौचालयमा बेहोस अवस्थामा भेटेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याउँदा उनको मृत्यु भइसकेको डक्टरहरूले बताएका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

बालुवाटारस्थित निवासको शौचालयमा राति १ बजेतिर नेम्वाङ बेहोस् अवस्थामा भेटिएका परिवारका सदस्यहरूले बताएका छन् । त्यसपछि राति १ः५० बजे बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो ।

अस्पताल पु¥याएपछि चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गर्दा कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।

नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए ।

प्रतिक्रिया