नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने

चितवन । नारायणगढ बजार नजिकैको नारायणी नदीमा निर्माण गर्न लागिएको नयाँ पुल हाल भएको पुलबाट उत्तरतर्फ (माथिल्लो भागमा) बनाइने भएको छ । पूर्व–पश्चिम राजमार्गको सडकको भागमा पर्ने गरी पुल बनाउन लागिएको हो ।
सडक विभाग अन्तर्गतको पुल महाशाखाले नक्साङ्कनसहित पुल निर्माणका लागि टुण्डी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिसकेको छ । महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्ण अधिकारीका अनुसार गत जेठ १९ गते ४८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।
पुल अहिले भइरहेको पुलको माथिल्लो अर्थात् उत्तरतर्फ निर्माण हुनेछ । निर्माण कम्पनीले पहिलो एक वर्षमा नक्साङ्कनको काम सम्पन्न गर्नुपर्ने हुन्छ । हाल प्रारम्भिक नक्साको काम कम्पनीले गरिरहेको उनले जानकारी दिए । पुल कम्तीमा चार सय २० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । भविष्यमा नदीमा पानीजहाज, स्टिमर सञ्चालन गर्दा समस्या नहुने गरी पुल निर्माण गरिनेछ ।
पुल निर्माणका लागि रु एक अर्ब ६८ करोड हाराहारी खर्च हुनेछ । हाल सञ्चालनमा रहेको पुल विसं २०३८ मा निर्माण भएको हो । यो पुलको आयु ७० वर्ष रहेको बताइएको छ ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
प्रतिक्रिया