अविवाहित दम्पत्तीको बच्चा बेच्न डा. कर्णलाई सघाउने ग्रिनक्रस अस्पतालका सञ्चालक खवास पक्राउ

काठमाडौं । अस्पतालमा जन्मिएको बच्चा आमाबाबुलाई नदिएर अर्कैलाई बेच्न सघाउने विराटनगरस्थित ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवासलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जन दाहालले अस्पतालबाटै बच्चा बिक्री भएको प्रकरणमा संलग्न भएको आरोपमा खवासलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए । खवास पक्राउ परेपछि बच्चा बिक्री प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।
प्रहरीले असार १४ गते अविवाहित जोडीबाट सोही अस्पतालमा जन्मिएकी नवजात शिशु विक्री प्रकरणमा संलग्न भएको आरोपमा ६ जना पक्राउ गरिसकेको छ । प्रहरीले अस्पतालका सञ्चालक खवासले युवतीलाई अप्रेसन गरेर बच्चा जन्माइ ती युवतीलाई नदिई बिक्री गर्ने डा. तपेश्वरलाल कर्णलाई सघाएको बताएको छ ।
प्रहरीले यसअघि डा. कर्णसहित बच्चा खरिद गर्ने दिलमाया राजवंशी, अस्पतालमा कार्यरत सुधा राजवंशी, दिलमायाका पति सूर्यनारायण राजवंशी, भोजपुरको हतुवागडी गाउँपालिका–४ का गोविन्द राई र सिरहाको कल्याणपुर नगरपालिका–१२ की निर्मला यादव पक्राउ परेका थिए।
राई अविवाहित युवतीमा प्रेमी हुन् । डा.कर्णले राईसँग बच्चा बेचिदिएवापत ३५ हजार लिएको पनि प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ । कर्णले ग्रिनक्रस अस्पतालबाट बेपत्ता पारेर शिशुलाई सात लाख रुपैयाँमा दिलमाया राजवंशीका दम्पतीलाई बेचेका थिए । डा कर्णले शिशुको मूल्य पाँच लाख र उपचारका लागि थप दुई लाख रकम लिएको बयान दिलमायाले प्रहरीसमक्षा दिएकी थिइन्।
प्रहरीले भदौ ५ गते दिलमायाको घरबाट शिशुको उद्धार गरेको थियो।
अविवाहित जोडीबाट जन्मिएको शिशु अस्पतालले बेपत्ता पारिएको भन्दै शिशुकी आमाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी दिलमाया राजवंशीलाई विक्री गरेको पत्ता लागेको थियो ।
शिशु बेपत्ता पार्नेहरुविरुद्ध व्यक्ति बेपत्ता पारेको र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको डीएसपी दाहालले जानकारी दिए।
















कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया