तलेजुमा जीवित देवी एकान्त कुमारीको हातबाट टीका ग्रहण

काठमाडौं । भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा विजयादशमीको दिन जीवित देवी एकान्त कुमारीको हाट टीका तबाथाप्न सर्वसाधारणको भीड लागेको छ ।कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल नाईके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएको मूल नाइके जोशीले जानकारी दिए ।
कुमारीको हातबाट टीका लगाएपछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको जोशीले बताए । कुमारीले साइतको टीका लगाएपछि कुमारीको हातबाट टीका लगाउन विभिन्न विशिष्ट व्यक्तिहरु र सर्वसाधारण समेत तलेजु पुगेका छन् ।
यसअघि एकान्त कुमारीसहित ११ कुमारीको पूजा गरी भक्तपुर तलेजुमा तलेजु तथा कुमारी जात्रा सम्पन्न गरिएको थियो । तलेजुको प्रतिमूर्तिको रूपमा पुजिने एकान्त कुमारी लुनिभा बज्राचार्यलाई तलेजुको आगमघरमा ल्याएर विधिवत रूपमा जात्रा मनाइएको जोशीले बताए । टिबुक्छेँमा रहेको ११ जनाको गणकुमारीको चतुर्ब्रह्म महाविहारमा पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।
तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद र सामवेद, चण्डीलगायतको पाठ गरी कुमारीको पुजारी प्रवेशराज राजोपाध्याय र प्राडा सिद्धिबीर कर्माचार्यले पूजा गरी जात्रा मनाइएको थियो ।
नवदुर्गाका रुपमा नौ कुमारी र भैरव तथा गणेश गरी ११ गणकुमारीको पुजा सकिएपछि तलेजुका पाँच सय २८ रकमीको सहभागितामा एकान्त कुमारीको पूजा गरिएको थियो । क्वाठण्डौस्थित कुमारी घरबाट कुमारीलाई शुभसाइतमा तलेजु मन्दिर स्थित दसैँ घरमा ल्याएर बिराजमान गराई मूल चोकमा राखेर पूजा गरिएको उनले जानकारी दिए ।
तलेजुमा दसैँमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बली दिई जात्रा तलेजु जात्रा मनाइएको छ । तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा छ ।
घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजाअर्चना गर्ने परम्परा छ भने भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा छ ।
















इरानले दोहोर्यायो अमेरिकी वार्तामा कडा अडान
सन्दीपले लिए इंग्ल्यान्डकाे तेस्राे विकेट
दोहोरो अंकले घट्याे सेयर बजार
Over 1,500 election publicity items violating code of conduct removed
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया