यू-१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ ।
दुबईको आईसीसीए २ मैदानमा नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य भारतले ७ ओभर १ बलमा पूरा गर्यो ।
भारतको जितमा आर्शिन कुलकर्नीले अविजित ४३ रन तथा आदर्श सिंहले अविजित १३ रन जोडे ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २२ ओभर १ बलमै सबै विकेट गुमाएर ५२ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि हेमन्त धामीले ८ रन तथा दीपक बोहरा र अर्जुन कुमालले समान ७-७ रन बनाए । कप्तान देव खनाल २ रन, गुल्सन झा ४ रनमा आउट भए । यस्तै दीपक बोहरा १ तथा दीपक प्रसाद डुम्रे र उत्तम थापामगर शून्य रनमै पभेलियन फर्किए ।
दिपेश कँडेलले ४ रन, सुवाश भण्डारीले २ रन र आकाश चन्दले ४ रन जोडे ।
भारतका राज लुम्बानीले ७ विकेट लिए । यस्तै आराध्या शुक्लाले २ र आर्शिन कुलकर्नीले १ विकेट लिए।
यू-१९ एसिया कप याे नेपालकाे तेस्राे हार हाे । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
















अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया