नेपाल सुपर लिग : इलामले ललितपुरलाई हरायो
मेरोन्यूज
२०८० पुष ३ गते १८:२३

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गर्दै विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । इलामका लागि खेलको ५९औँ मिनेटमा फोडे कमराले गरेको एक गोल नै निर्णायक गोल सावित भयो ।
प्रतियोगितामा ललितपुरको यो पहिलो हार हो । यस हारसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । सात खेल खेलेको ललितपुर १० अङ्कसहित तेस्रो स्थानमा छ । यस जितसँगै इलाम आठ खेलबाट ८ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया