बुधबार, माघ २८, २०८२

सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु,स्थानीयद्वारा सडक अवरुद्ध

मेरोन्यूज २०८० पुष ९ गते ९:२४

सिन्धुली । सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

आज बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ५० प  ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हाे । भने माेटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरन्जिवी दाहालका अनुसार गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि अस्पताल लगिएको छ । मृतकका आफन्तले अहिले उक्त सडकखण्डमा अवरोध गरेको डीएसपी दाहालले जानकारी दिए । अवरोधका कारण सयौं सवारी साधन रोकिएका छन् । 

दुर्घटना केहीबेरअघि मात्रै भएकाले थप मृतक र घाइतेको परिचयसहित थप विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया