झिनो अंकले घट्यो सेयर बजार, काराेबार रकम ४ अर्बमाथि
मेरोन्यूज
२०८० पुष २६ गते १६:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ० दशलमव ६२ अंकले घटेर २,०८८ को विन्दुमा कायम भएको छ।
बिहीबार १२१ कम्पनीको शेयर मुल्य बढेको छ भने ११७ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहीबार सबैभन्दा धेरै हिमालयन बैंकको प्रोमोटर शेयर किनबेच भएको छ । आज यस बैंकको २३ करोड ८५ लाख रुपैयाँ प्रोमोटर शेयर कारोबार भएको छ ।
यस्तै पुनर्बीमा कम्पनीको प्रोमोटर शेयर १९ करोड ६० लाखको कारोबार भएको छ । सोनापुर मिनरल्सको १६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १२ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया