म्युजिक भिडियोमा ‘हाम्रो चुमभ्याली’

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने चुम उपत्यका अनुपम प्राकृतिक सौन्र्दयता र मनोरम दृष्यले भरिपूर्ण क्षेत्र हो ।
साविकको छेकम्पार र चुम्चेत गाविस समेटिएको सुन्दर र शान्त हिमशङ्खलाका काँखमा रहेको चुम उपत्यकाको सौन्र्दयतालाई शब्दमा बयान गर्न कठिन हुन्छ । अपार प्राकृतिक स्रोत र साधनको धनी चुम उपत्यका नेपालकै प्रचुर सम्भावना बोकेको एक प्रमुख पर्यटकीय गन्तव्य पनि हो ।
यिनै चुम उपत्यकाको प्राकृतिक सुन्दरता र सांस्कृतिक महत्त्वलाई श्रव्य–दृश्यमार्फत विश्वसामु पु¥याउने उद्देश्यले भर्खरै ‘हाम्रो चुमभ्याली’ चिनारी नामक म्युजिक भिडियो निर्माण भएको छ । स्थानीयवासीसमेत रहेका छाङ दोर्जे लामाको शब्द सङ्गीतमा रहेको ‘हाम्रो चुमभ्याली’ मा चुम उपत्यकालाई श्रृव्य र दृष्यमा समेटिएको छ ।
चुमनुब्री गाउँपालिका, नेपाल पर्यटन बोर्ड, स्थानीय युवासमेत साझेदारी र आर्थिक सहयोगमा निर्माण गरिएको म्युजिक भिडियोमा चुम क्षेत्रको हिमाली सुन्दरता, सांस्कृतिक विविधता एवं विविध पक्ष गीत तथा म्युजिक भिडियोमार्फत उजागर गरिएको गीतका सर्जक छाङ दोर्जे लामाले बताए ।
“चुम उपत्यकामा रहेका विभिन्न हिम चुचुरा, प्राकृतिक सम्पदा, यहाँका परम्परागत मौलिक वेशभूषा, पहिरन, स्थानीय जीव जनावर जैविक विविधतालाई यो गीत र म्युजिक भिडियोमार्फत उजागर गरिएको छ”, उनले भने, “यसैको माध्यमबाट चुम उपत्यकाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
पहिलो पटक नेपाली भाषामा निर्माण गरिएको चुमभ्यालीको ठाउँ विशेष चिनारी स्वरुपको गीत र म्युजिक भिडियोले समग्र चुमभ्याली क्षेत्रको कला, संस्कृतिको संरक्षण सम्वद्र्धनमा समेत भूमिका खेलेको लामाको भनाइ छ । उनले ‘हाम्रो चुमभ्याली’ को म्युजिक भिडियो हेरेर चुम उपत्यकाको सौन्र्दयतामा पर्यटकलाई लोभ्याउन सकिने बताए ।
“सिर्जनात्मक ढङ्गले चुम उपत्यका विशेषता र चिनारीलाई प्रचारप्रसार गर्ने सबैभन्दा सरल माध्यम नै श्रव्यदृश्य माध्यम भएकाले पनि हामीले गीतसङ्गीतको माध्यमबाट चुम उपत्यकालाई चिनाउने प्रयास गरेका छौँ”, लामाले भने, “स्थानीय कलाकारको सहभागिता र वेशभूषाले म्युजिक भिडियो हेर्ने दर्शकका लागि एक पटक आफैँ चुम भ्याली पुगेको अनुभूतिसमेत यस भिडियोबाट पाउने छन् ।”
गीतको शब्द चयन र ब्याख्याले समग्र चुम उपत्यकको सुन्दरता र प्राकृतिक मनोरमलाई छोएको छ । अहिंसात्मक क्षेत्रको रुपमा रहेको बौद्ध धर्मावलम्बीको बाक्लो बसोबास भएको चुम भ्याली यहाँको अर्को सांस्कृतिक विशेषता पनि हो । चुम उपत्यकामा कुनै पनि जनावर काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाँढ्ने, डढेलो लगाउनसमेत पाइँदैन ।
अहिंसात्मक क्षेत्र भएकाले त्यहाँ पुग्ने पर्यटक हिम चितुवाका साथै झारल, घोरल, कस्तुरी मृग, कालिज, डाँफे तथा मुनाल र चौरी गाईसँगको सामिप्यतामा रमाउने अवसरसमेत प्राप्त गर्दछन् । त्यसैले चुम उपत्यकालाई खुला चिडियाखानाको रुपमा समेत लिइन्छ । यो दृष्य पनि म्युजिक भिडियोमा देखाइएको छ ।
चुम उपत्यकामा रहेको बौद्ध धर्मसम्बन्धी प्राचीन मानी, कानी, चैत्य, स्मारक र तिब्बती सांस्कृतिको महत्त्व अलग्गै रहेको छ । चुम उपत्यका गुम्बा, राचेन आनी गुम्बालगायत अन्य गुम्बाका साथै प्राकृतिक सौन्दर्यताले भरिएको गणेश हिमाल, बौद्ध हिमाल र शृङ्गी हिमालको दृष्यावलोकनका लागिसमेत उपयुक्त क्षेत्र हो ।
















कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
मध्यपूर्व तनावबीच अमेरिका-इजरायल-साउदी अरब हतियार सम्झौता
म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया