त्रियुगाको बगाहामा एकदिने हुर्रा महोत्सव

उदयपुर । त्रियुगा नगरपालिका–४ बगाहा क्षेत्रमा बसोबास गर्दै आएका मगर समुदायले परम्परागत हुर्रा नाच संरक्षण गर्ने उद्देश्यले आज एकदिने हुर्रा महोत्सव आयोजना गरेका छन् ।
नेपाल मगर सङ्घ त्रियुगा नगरपालिकाको आयोजनामा हुर्रा महोत्सव आयोजना गरिएको मगर सङ्घ त्रियुगा नगरपालिकाका अध्यक्ष ज्ञानेन्द्र मगरले बताए । महोत्सवमा नेपालको पूर्वेली मगरहरूको लोकप्रिय नृत्य हुर्रा नाचको प्रदर्शन गरिएको थियो । मगर जातजातिको भेषभूषाका साथै मगर जातिको खानेकुराको समेत महोत्सवमा व्यापारिक कक्ष राखेर प्रदर्शनी र बिक्री गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा उदयपुरको पहाडी क्षेत्र र कटारी, चौदण्डीगढी, बेलाका नगरपालिकासहित सप्तरी, सुनसरी तथा सिन्धुली क्षेत्रका मगर जातिको पनि सहभागिता थियो ।
पश्चिमका मगर जातिको लोकप्रिय नृत्य कौडा र सालैजो जस्तै पूर्वी नेपालको कोशी प्रदेशमा बसोबास गर्ने मगरहरूको हुर्रा नाच लोकप्रिय र प्रख्यात छ । हुर्रा नाच, मगर समुदायका परम्परागत खानाका परिकार, भेषभूषा र भाषा संरक्षणका महोत्सव आयोजना गरिएको नेपाल मगर सङ्घ उदयपुरका पूर्वअध्यक्ष केशव खपाङ्गीमगरले बताए । महोत्सवमा मगर जातिको खानाका परिकार, ढिडो, सेलरोटी, सिन्की, गुन्द्रुकको अचारसहित कोदोको जाँडसमेत राखिएको थियो ।
प्रत्येक वर्ष उदयपुरका विभिन्न क्षेत्रमा हुर्रा महोत्सव आयोजना गर्ने क्रममा यसपटक त्रियुगाको बगाहामा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।















सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया