शनिबार, माघ १७, २०८२

यू-१९ विश्वकप क्रिकेट : आज पाकिस्तानको सामना गर्दै नेपाल

मेरोन्यूज २०८० माघ १० गते ७:३४

काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो दोस्रो खेल आज पाकिस्तानसँग खेल्दैछ । दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। 

नेपाल र पाकिस्तानबीचको खेल इस्ट लन्डनस्थित बफ्यालो पार्कमा नेपाली समयानुसार बुधबार दिउँसो १:४५ बजे सुरु हुनेछ।  

यू–१९ विश्वकपको पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो। पाकिस्तानले भने अफगानिस्तानविरुद्ध १८१ रनको जित निकालेको थियो। 

यसअघि यू-१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तानबीच तीन पटक खेल भएका छन् । तीमध्ये एक खेल पूरा हुन सकेन भने एक खेलमा नेपाल तथा एक खेलमा पाकिस्तानले जीत हात पारेको थियो ।

प्रतिक्रिया