मंगलबार, चैत २४, २०८२

प्रधानमन्त्री कप : लुम्बिनीमाथि बागमतीको शानदार जित

मेरोन्यूज २०८० माघ १३ गते १४:३०

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

लुम्बिनी प्रदेशले दिएको १०७ रनको सामान्य लक्ष्य बागमतीले १७।२ ओभरमा चार विकेट गुमाएर पूरा पूरा गरेको हो ।

बागमतीका लागि इशान पाण्डेले ५० रन, कप्तान रित गौतमले २४, आशुतोश घिरैयाले १४, रविन जोशीले ७ र रन बनाए । बागमतीले १२ रन अतिरिक्त प्राप्त गर्यो ।

यसअघि कीर्तिपुरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ३२।२ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान सुशान्त थापाले २८, निर्मल गुरुङले २७, प्रज्वल थापाले १४, विराट भण्डारीले १३, रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन् ।

यो जितसँगै बागमतीले सबै ९ खेल खेलेर बागमतीले १२ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल प्रहरी क्लबको पनि १२ अंक छ । तर, रनरेटका आधारमा पहिलो स्थानमै कायम छ ।

६ खेलबाट २ अंक जोडेको लुम्बिनी नवौं स्थानमा छ ।

प्रतिक्रिया