अनिल र देव नेपालको लिग-२ टोलीमा समेटिए, अर्जुन र रिजन बाहिर

काठमाडौं । घरेलु मैदानमा बिहीबारबाट सुरु हुने आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिज खेल्ने नेपाली टोलीमा अनिलकुमार शाह र देव खनालको इन्ट्री भएको छ ।
यसअघि घोषणा टोलीबाट विकेटकिपर अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन् । अनिलले क्यानडासँग दोस्रो ओडीआई खेलमा ५० र तेस्रोमा ११२ रनको शतकीय इनिङ खेलेका थिए । उता नेपालबाट यू १९ क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका देवले क्यानडासँग दोस्रो ओडीआई खेलमा ७६ रन बनाएका थिए । त्यसैको कारण यी दुई खेलाडीलाई नेपालले लिग २ मा समेटेको हो ।
लिग-२ का लागि नेपाली टिम
रोहित पौडेल, आसिफ शेख, कुशल भर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह।
लिग–२ अन्तर्गतको पहिलो सिरिज टियु क्रीकेट मैदानमा बिहिवारदेखि नेपाल, नेदरल्यान्ड र नामिबियाबीच सुरु हुँदै छ ।

















भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रतिक्रिया