लिजेन्ड्स १९९६ लाई हराउँदै टी-२० विश्वकप टोली लिजेन्ड कपको फाइनलमा

काठमाडौँ । लिजेन्ड्स १९९६ लाई हराउँदै सन् २०१४ को टी-२० विश्वकप टोली लिजेन्ड कप क्रिकेटको फाइनल प्रवेश गरेको छ ।
रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सम्पन्न ‘एक्स्ट्राटेक लिजेन्ड कप’ को पहिलो खेलमा २०१४ विश्वकप टोलीले लिजेन्ड्स १९९६ लाई ५ विकेटले पराजित गरेको हो ।
लिजेड्स १९९६ ले दिएको ६८ रनको लक्ष्य पछाएको टी-२० विश्वकप टोलीले ९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । जितका लागि विरेन्द्र शाहले ३५, दिपेन्द्र लामगाडेले ८ र शरद भेस्वाकर र पारस खड्काले ६-६ रन बनाएका थिए ।
त्यस्तै लिजेन्ड्स १९९६ का बलर बसन्त शाही ठकुरीले ३ विकेट लिएका थिए भने लेख बहादुर क्षेत्री र किरण रानाले एक/एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लिजेन्ड्स १९९६ ले १० ओभरमा ८ विकेट गुमाउँदै ६७ रन बनाएको थियो ।
उसका लागि राजु खड्काले सर्बाधिक २७ रन बनाए भने मनिषराज पाण्डेले ११ र जगत टमाटाले ९ रन बनाएका थिए ।
त्यस्तै विश्वकप २०१४ टिमका लागि शक्ति गौचन र सामसंग जंग थापाले २-२ विकेट लिए भने बद्रि पंगेनी, जितेन्द्र मुखिया, दिपेन लामगाडे र ममता थापाले एक/एक विकेट लिए ।
जितपछि २०१४ विश्वकप लिजेन्ड्स टिम फाइनलमा पुगेको छ । फाइनलमा २०१४ विश्वकप लिजेन्ड्सले दोस्रो खेलको रेस्ट अफ नेपाल र रुपन्देही लिजेन्ड्सबीचको विजेतासँग खेल्ने छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया