नेपालले लियो पपुवा न्युगिनीको दोस्रो विकेट
मेरोन्यूज
२०८० फागुन २९ गते ९:१३

काठमाडौं। हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा पपुवा न्युगिनीको दुई विकेट गएको छ। पहिलो विकेट प्रतिश जीसीले लिए भने दोस्रो विकेट गुलशन झाले रन आउट गराए।
प्रतिशले पीएनजीका टोनी उरालाई आउट गरे। ६ बलमा १३ रन बनाएका उरालाई प्रतिशले बोल्ड गरेका हुन्। उराले १ चौका र १ छक्का बनाए। सेसे बउलाई गुलशनले रन आउट गरे।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको हो।
नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धसतक पूरा गरे। भुर्तेलले आउट हुनुअघि ३९ बल खेल्दै ५९ रन बनाए। उनले ४ चौका र ४ छक्का प्रहार गरे।
यस्तै जोरा २६ बलमा ५६ रनको योगदान दिए। उनको अर्धसतकमा ४ छक्का र ३ चौका सामेल छन्।
सम्बन्धित
















आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया