फिफाको महिला वरीयतामा नेपालको पाँच स्थान सुधार

काठमाडौँ । नेपाली महिला फुटबल टिमले फिफाको वरीयतामा पाँच स्थानको सुधार गरेको छ । फिफाले शुक्रबार सार्बजनिक गरेको नयाँ वरीयतामा नेपालले पाँच स्थानको सुधार गर्दै १०० स्थानमा उक्लिएको हो ।
यसअघि नेपाली महिला टिम फिफा वरीयतामा १०५औ स्थानमा रहेको थियो । नेपालको फिफा वरीयतामा अहिलेसम्मको सबै भन्दा राम्रो वरियता २०१७ मा ९१औ स्थानसम्म रहेको थियो । त्यस्तै अहिलेसम्मको सबै भन्दा खराब वरियता भने २०१५ मा ११९औं स्थानसम्म झरेको थियो ।
नेपाली महिला टिमले हालै साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिपमा फाइनलसम्म पुगेर गरेको उत्कृष्ट प्रदर्शनपछि फिफा वरीयतामा सुधार आएको हो । फिफा वरीयतामा छिमेकी देश भारतीय महिला फुटबल टिम ६६औ स्थानमा रहेको छ ।
त्यस्तै महिला फुटबलको वरियताको शिर्ष स्थानमा भने स्पेन रहेको छ । त्यस्तै इङल्याण्डले दुई स्थानको सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ भने फ्रान्स तेस्रो र यसअघि दोस्रो स्थानमा रहेको अमेरिका चौथो स्थानमा झरेको छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया