जीतपुरसिमरा क्रिकेट कपः वर्षाका कारण जनकपुर र भैरहवाबीचको खेल स्थगित

बारा । जीतपुरसिमरा टि–ट्वेन्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत बुधबारको खेल वर्षाका कारण स्थगित भएको छ । बिहानैदेखि परेको वर्षा नरोकिएपछि जनकपुर पिस फाउण्डेशन र खुकुरी क्रिकेट क्लब भैरहवाबीचको खेल स्थगित भएको हो ।
आयोजक अभियान नेपालका संरक्षक त्रिलोक बिक्रम शाहले वर्षाका कारण प्रभावित भएको खेललाई बिहीबार सारिएको बताए । बर्षा नरोकिएका कारण बुधबारको खेल बिहीबार र बिहीबारको खेललाई शुक्रबार सारिएको शाहले जानकारी दिए ।
राउण्ड रोबिनका आधारमा संचालित प्रतियोगितामा समूह ‘बी’ को दुई खेल बाँकी छ । यस समूहमा मकवानपुर, जनकपुर र भैरहवा छन् । समूह ‘बी’ को मंगलबार सम्पन्न पहिलो खेलमा मकवानपुरले जनकपुरलाई ३१ रनले पराजित गरेको थियो । समूहको दोस्रो खेलमा जनकपुर र भैरहवा भिड्नेछन् भने तेस्रो खेलमा मकवानपुर र भैरहवाबीच प्रतिस्पर्धा हुनेछ ।
यस समूहको विजेताले समूह ‘ए’ को विजेता पर्सा क्रिकेट संघसंग चैत्र १० गते फाइनल खेल्नेछ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै पर्सा यसअघिनै फाइनलमा प्रवेश गरिसकेको छ । आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब र कलैया क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा फाइनलमा प्रवेश गरेको हो ।
अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।
















जन्ममिति बदलेर सरकारी निकायलाई पारियो गुम्राह, अझै छानबिनको टुंगाे लागेन
नेपालगञ्ज पुगे बालेन
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
Jumla temperature drops to minus 0.71 degree Celsius, affects life
म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया