दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबिच सम्झौता

कर्णाली । चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ । दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न यो सम्झौता भएको हो ।
तीनवटै प्रतिष्ठानका सहकुलपति उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिपिकेआईएचएस र न्याम्ससँग, बिपिकेआईएचएसले कर्णाली र न्याम्ससँग, न्याम्सले कर्णाली र बिपिकेआईएचएससँग सम्झौता गरेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले बताए ।
अब तीनवटै प्रतिष्ठानबीच विद्यार्थी तथा अध्यापक आदानप्रदान हुने बताउँदै उनले भने, “शैक्षिक कार्यक्रम सञ्चालनका लागि सुगमको तुलनामा दुर्गममा गाह्रो हुन्छ तर काठमाडौँको न्याम्स, धरानको बिपिकेआईएचएसमा जस्तै जुम्लामा पनि अण्डर ग्र्याजुएट्स र पोष्ट ग्र्याजुएट्सका कार्यक्रमहरु सञ्चालन गरेका छौं ।”
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारी शैक्षिक प्रतिष्ठानलाई प्रभावकारी रुपमा अघि बढाउन आपसी सहयोग र सहकार्य फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानले स्वास्थ्य शिक्षा र सेवामा पु¥याएको योगदानको उनले सराहना गरे।
















तोकिएकै समयमा निर्वाचन सम्पन्न हुनेमा आयोग ढुक्क छ : प्रमुख आयुक्त भण्डारी
आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास
सञ्चारमन्त्री खरेलले दिए राजीनामा
उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड
विप्लवले चुनाव नलड्ने
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया