एम्बाप्पे भन्छन्- ओलम्पिक खेल्ने सपना छ

काठमाडौँ । फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले ओलम्पिक खेल्ने सपना रहेको बताएका छन् । एम्बाप्पेले यसैबर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा आफ्नो देशको प्रतिनिधित्व गर्दै फुटबल खेल्ने चाहना व्यक्त गरेका छन् ।
फ्रान्सको ओलम्पिक खेल्ने फुटबल टिमको प्रशिक्षण पुर्व फुटबलर थियरी हेनरीले गरिरहेका छन् ।
एम्बाप्पेले ओलम्पिक खेल्ने आफ्नो सपना बारे भनेका छन्- ‘मैले सधै ओलम्पिक खेल्ने इच्छा व्यक्त गर्दै आएको छु । जुन अहिले पनि परिवर्तन भएको छैन । यदि मैले ओलम्पिक खेल्ने अवसर पाए भने तो सपना पुरा भएको हुने छ । यो निर्णय एक व्यक्तिमाथि रहेको छ, जसले अहिलेसम्म हुन्छ या हुदैन केहि भनेका छैनन् ।’
तर एम्बाप्पेले रियल म्याड्रिडमा गएमा भने उनको ओलम्पिक खेल्ने सपना पुरा हुन सक्ने छैन । क्लबसँगको सम्झौता अनुसार उनले ओलम्पिकमा सहभागिता जनाउन सक्ने छैनन् । यस अर्थमा एम्बाप्पेले यसको निर्णय गर्ने व्यक्ति भनेको रियल म्याड्रिडका प्रेसिडेन्टलाई भनेको हुनसक्ने अनुमान गरिएको छ ।
ओलम्पिकमा फुटबलको नियम अनुसार यू-२३ खेलाडीले भाग लिन पाउने भए पनि २३ बर्षभन्दा बढी उमेरका बढीमा तीन खेलाडीले खेल्न पाउने नियम रहेको छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया