निःस्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित

गलेश्वर (म्याग्दी)। म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको ११औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित भएका छन् ।
सहकारीका शेयर सदस्यलाई लक्ष्य गरी आयोजित निःशुल्क मधुमेह, उच्च रक्तचाप र दाँत जाँच शिविरमा दुई सय नौ जनाले सेवा लिएका छन् । शिविर उद्घाटन गर्दै सहकारी सङ्घ म्याग्दीका अध्यक्ष दीपक कार्कीले वित्तीय सेवामात्रै नभई सहकारीले शेयर सदस्य लक्षित स्वास्थ्यलगायतका सामाजिक कार्यमा केन्द्रित हुनुपर्ने बताए ।
स्थापना दिवसका अवसरमा प्रमुख अतिथि सहकारी सङ्घका अध्यक्ष कार्की र सहकारीका सल्लाहकार पुष्कलबहादुर जोशी, तेजबहादुर भण्डारी र चन्द्रबहादुर क्षेत्रीले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका थिए । शिविरमा मधुमेह, उच्च रक्तचाप र दाँतको जाँच तथा अन्य स्वास्थ्य समस्याका बारेमा जानकारी गराइएको थियो ।
शिविरमा बेनी अस्पतालका मेडिकल अधिकृत डा गोविन्द पोख्रेल, कोर स्माइल डेन्टल क्लिनिकका डा मोचन श्रेष्ठ र बेनी अस्पतालमा प्रयोगशाला प्राविधिक सहयोगी सीताराम श्रेष्ठले परीक्षण गरेका थिए ।
सहकारीले स्थापना दिवसमा बेनी अस्पतालमा रक्तदान, बालगृहका बालबालिकालाई सहयोगसहित सहकारी सदस्य केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्ने सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताए ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया