नर्भिकले टेस्टट्युब बेबी सेन्टर सञ्चालनमा ल्याउने

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले बाँझोपनको उपचार गर्ने विशेष प्रजनन् केन्द्र स्थापना गर्ने भएको छ । हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीका अनुसार नर्भिकले २ महिनाभित्रमा छुुट्टै आईभीएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याउन लागेको हो ।
हस्पिटलकी स्त्री रोग तथा टेस्ट ट्युब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा.नूतन शर्मा विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी स्तरीय स्वास्थ्य सेवा दिइने योजना बनाइएको बताइन् ।
बंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याबसमेत संचालन हुनेछ, जसका कारण भविष्यमा जन्मिने बच्चामा हुनसक्ने विभिन्न बंशाणुगत रोगको जोखिम निराकरण हुने डा. शर्माले जानकारी दिइन् ।
ढिलो विवाह, धुम्रपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोेपन, सुगर तथा थाइराइडको समस्यालगायत कारणले पनि महिलाहरुमा बाँझोपन हुने अध्ययनहरुले देखाएका छन् ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया