मीनका लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुने, अन्य राशिकाे कस्ताे छ दिन?

आजमिति २०८० साल ,चैत्र १८ गते तदअनुसार मार्च ३१, २०२४ आइतबार, कृष्णपक्षको षष्ठी तिथि, जेष्ठा नक्षत्र, व्यतिपात योग । वृश्चिक राशिमा चन्द्रमा । यो अशुभ योग हो ।
- अभिजित् मुहूर्त: बिहान ११:४४ देखि १२:३३ सम्म,
- काठमाण्डौंमा सुर्योदय: बिहान ०५: ५६
- सुर्यास्त: बेलुका ०६:२१ बजे
मेष : भाग्यले विभिन्न अवसर जुराउनेछ। मङ्गल र शुभकार्यको चर्चा चल्नेछ। मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला।
- शुभ रंग: रातो
- शुभ अंक – ९
वृष : कार्य सम्पादनमा सहजता मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। रमणीय र सुखद् यात्राको योग छ। मनोरञ्जनमा सहभागिता भइएला। सेयर बजारमा गरेको लगानीले पछि राम्रै लाभ दिनेछ।
- शुभ रंग: सेतो
- शुभ अंक – ५
मिथुन : आँटेको कार्य पूरा हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। लाभदायक यात्रा पनि रहला।
- शुभ रंग: हरियो
- शुभ अंक – ३
कर्कट : प्यारो साथीसँग मन खिन्न रहनेछ, त्यसैले प्रेमीको विचारलाई कदर गर्नु उचित हुनेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ, साँझमा लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन।
- शुभ अंक – ६
- शुभ रंग : सुन्तला
सिंह : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। सामाजिक कार्यक्षेत्रमा तपाईँको आलोचना गर्नेहरू सक्रिय हुनेछन्। प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ।
- शुभ रंग: रातो
- शुभ अंक – ८
कन्या : साथीभाइको विशेष सहयोग मिल्नसक्छ। चिताएको कामले तीव्रता लिनेछ। परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ। पेसा व्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ। प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।
- शुभ रंग: सेतो
- शुभ अंक – ६
तुला : लाभदायक र सुखद् यात्रा हुने योग छ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। नयाँ नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला।
- शुभ रंग: निलो
- शुभ अंक – ७
वृश्चिक : कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ हुने सम्भावना छ । जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ।
- शुभ रंग: रातो
- शुभ अंक – १
धनु : भाग्यले साथ दिनेछ । स्वादिष्ट भोजन पाइनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर शुभकार्यको चर्चा चल्नेछ । आफन्त, प्रेमी वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।
- शुभ रंग: पहेलो
- शुभ अंक – ७
मकर : चलाखीपूर्ण बोलीले काम बन्नसक्छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। शत्रु पनि क्षय होलान्।
- शुभ रंग: कालो
- शुभ अंक – ९
कुम्भ : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। राजनीतिक कार्यमा ख्याति कमाउने योग छ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। व्यापार व्यवसाय बढ्नेछन्। प्रेम जीवन सबल र सफल रहनेछ।
- शुभ रंग: कालो
- शुभ अंक – ४
मीन : लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। स्वास्थ्य प्रति सजगता अपनाउनु होला। विचार गरेर निर्णय लिनु उचित हुनेछ, साँझमा भने रमाइलो यात्राको योग रहेको छ।
- शुभ रंग: वैजनी
- शुभ अंक – ६
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया