सुनको मुल्य बढ्ने क्रम जारी, आज कति पुग्यो ?
मेरोन्यूज
२०८० चैत २८ गते ११:२०

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्नेक्रम रोकिएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मुल्य हो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।
यता, आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँ बढेर १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित













प्रि-ओपन सेसनमा १.६४ अंकले बढ्यो नेप्से
यस्ताे छ आज सुन चाँदीकाे मूल्य
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम
क्रिकेटर शेर मल्ल ‘गौतम एजुकेशन एण्ड भिसा सर्भिसेस’को ब्रान्ड एम्बासडर
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
प्रतिक्रिया