नेशनल प्याथ ल्याब बुटवल र एनपीएल काठमाडौंका प्रयोगशाला एनएबीएलबाट आईएसओ प्रमाणीकरण

काठमाडौं । नेशनल प्याथ ल्याब बुटवल र एन.पी.एल. काठमाडौं प्रयोगशाला एन.ए.बी.एल.(ISO १५१८९:२०१२) बाट प्रमाणीकरण भएका छन् ।
हालैमात्र भारत सरकारको प्रयोगशाला सर्टिफाइड बडी नेशनल एक्रिडिटेसन बोर्ड फर टेष्टिङ एण्ड क्यालिब्रेसन ल्याबरोटोरीज (एन.ए.बी.एल.)बाट नेशनल प्याथ ल्याबले आफ्ना दुई वटा प्रयोगशालाहरु प्रमाणीकरण गराएको हो ।
एन.ए.बी.एल.ले आईएसओ १५१८९: २०१२ कोअनुसार मेडिकल प्रयोगशाला गुणस्तर र प्रतिस्पर्धता प्रमाणीकरण सेवा प्रदान गर्दछ । ‘हामीले एक वर्षअघिबाट एक्रिडिटेसनको प्रक्रिया सुरु गरेका थियौं,’ एन.पी.एल.का प्रबन्ध निर्देशक पवन जोशीले भने, ‘केही दिनअघि मात्रै हाम्रा दुवै प्रयोगशाला एक्रिडिटेसन प्रमाणीकरण भएका छन् । हामीलाई यो प्रमाणीकरण गर्न एक वर्षभन्दा बढी समय लाग्यो ।’
एक्रिडिटेसन प्रयोगशालाले गर्ने जाँचको गुणस्तर प्रमाणीकरण हो । ‘एक्रिडिटेसन भनेको यो ल्याबको सबै प्रक्रियाहरु ठीक छ र यसले गर्ने सबै परीक्षणहरु गुणस्तरीय छन् भन्ने सुनिश्चितता हो,’ उनले भने, ‘यो गुणस्तरीय रिपोर्टको प्रमाणीकरण हो ।’ उनकाअनुसार अब गुणस्तरका लागि ढुक्क भएर सेवाग्राहीले एन.पी.एल.मा परीक्षण गराउन सक्नेछन् । साथै, अब यस ल्याबमा गरिएका परीक्षणहरु अन्तर्राष्ट्रियस्तरमै स्वीकार्य हुनेछन् । यससँगै नेपालकै ठूलो प्रयोगशाला चेन रहेको एन.पी.एल. दुई वटा प्रयोगशालाहरु एक्रिडिटेसन गर्ने पहिलो भएको छ । ‘अहिले दुई वटा प्रयोगशाला एन.ए.बी.एल. एक्रिडिटेसन भएको नेपालमा हामीमात्रै हो,’ उनले भने ।
अध्यक्ष रुद्रबहादुर कार्कीका अनुसार एन.पी.एल.ले काठमाडौं ल्याबमा हेमाटोलोजी, बायोकेमेष्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, क्लिनिकल प्याथोलोजी, इम्युनो हिस्टो प्याथोलोजी विभागलाई एक्रिडिटेसन गराएको छ । जसमा झण्डै १ सय १६ वटा टेष्टहरु एक्रिडिटेसन गराइएको उनले बताए । एन.पी.एल.को बुटवल ल्याबमा ५६ वटा टेष्टहरु एक्रिडिटेसन गरिएको छ भने त्यहाँ हेमाटोलोजी, क्लिनिकल प्याथोलोजी, बायोकेमेष्ट्री, बायोकेमेष्ट्री र इम्युनोलोजी विभागलाई एक्रिडिटेसन गरिएको उनले जानकारी दिए ।
वि.सं. २०६९ सालमा बुटवलबाट सुरु भएको एन.पी.एल.का अहिले देशभर ९ वटा शाखाहरु छन् । जसमध्ये एन.पी.एल. काठमाडौं र एन.पी.एल. बुटवल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘ए’ ग्रेडको मान्यता प्राप्त प्रयोगशाला हुन् ।
एन.पी.एल.ले काठमाडौंमा ७ सय बढी र बुटवलमा ४ सय बढी इनहाउस परीक्षणहरु गर्दै आएको छ । स्याम्पल परीक्षण, कर्मचारीका हिसाबल पनि नेशनल प्याथ ल्याब नेपालकै ठूलो ल्याबमा पर्छ । ‘नेपालमा नै धेरै ल्याब र हस्पिटलहरुले नगर्ने जाँचहरु हामीले गर्दै आएका छौं,’ जोशीले थपे, ‘निकट भविष्यमै नेपालमै जेनेटिक परीक्षण, न्युवर्न स्क्रीनिङ, साइटोजेनिटिक्स तथा फिस प्रविधी स्थापना गरी परीक्षणका लागि तयारी अगाडि बढाएका छौं ।’
एन.पी.एल.ले फ्लोसाइट्रोमेट्री प्रविधीबाट ब्लड क्यान्सर सम्बन्धि जाँचहरु, इम्युनोहिस्ट्रोकेमेष्ट्री प्रविधीबाट अन्य क्यान्सर सम्बन्धी जाँचहरु, पिसिआर प्रविधीबाट इन्फेसीयस डिजिज सम्बन्धी जाँचहरु, इम्युनो फ्लोरेसेन्स र मल्टीप्लेक्स पीसीआर प्रविधीबाट अन्य जाँचहरु गर्दै आएको छ । यस्तै, रेस्पेरेटरी प्यानल, ग्यास्ट्रोइन्टेस्टाइनल प्यानल, मेनेन्जाइटिस/इन्सेफ्लाइटिस प्यानललगायतका जाँचहरु पनि नेशनल प्याथ ल्याबमा उपलब्ध छन् ।
प्रबन्ध निर्देशक जोशीका अनुसार आगामी दिनमा प्रयोगशालाका अन्य शाखाहरु पनि एन.ए.बी.एल. (ISO १५१८९:२०१२) प्रमाणीकरण गर्ने योजना रहेको छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
प्रतिक्रिया