यी राशिका लागि आजको दिन विशेष रहने

आज २०८१ साल वैशाख ४ गते , मंगलवार।चैत शुक्ल अष्टमी। पञ्चाङ्ग: धृति बव पुष्य । अप्रिल १६ तारिख २०२४
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नहोला। सहकर्मीबाट विरोध आउला। मनमा दुबिधा उत्पन्न हुन सक्छ र काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्।
वृष : मानसम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ। रमणीय र सुखद यात्राको योग छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।
मिथुन : स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।
कर्कट : चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। साथीभाइसँग समय बित्नेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेट हुनेछ।
सिंह : दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्।
कन्या : चिताएको कामले तीव्रता लिनेछ। विवेकको प्रयोग गर्न सके दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। प्राविधिक र वैदेशिक कामहरू भने रोकिन सक्छन्।
तुला : रोकिएका काम सुरु हुन सक्छन्। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ।
वृश्चिक : महत्त्वपूर्ण कामको थालनी हुनेछ। आफन्त र मित्र वर्गको सहयोग पाइनेछ। खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको भने ख्याल गर्नु पर्नेछ।
धनु : आलस्य तथा थकानको अनुभूति हुनेछ। काम बिगार्नेहरू सक्रिय रहन सक्छन्। नियमित खर्च बढ्नेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु उचित होला। वैदेशिक कार्य अघि बढ्नेछ।
मकर : पुरानो समस्या सुल्झाउन सकिनेछ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।
कुम्भ : शुभकार्यको चर्चा चल्नेछ। आत्मबल बढ्ने र प्रेम सम्बन्धमा मधुरता छाउनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति भने सजगता अपनाउनु पर्नेछ।
मीन : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्ने छ। नसोचेको ठाउँबाट धनागम हुनेछ। साँझमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
















कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
पर्वतमा ८ वर्षमा २०४ किलाेमिटर सडक कालोपत्र
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
प्रतिक्रिया