यी राशिका लागि आजको दिन विशेष रहने

आज २०८१ साल वैशाख ४ गते , मंगलवार।चैत शुक्ल अष्टमी। पञ्चाङ्ग: धृति बव पुष्य । अप्रिल १६ तारिख २०२४
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नहोला। सहकर्मीबाट विरोध आउला। मनमा दुबिधा उत्पन्न हुन सक्छ र काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्।
वृष : मानसम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ। रमणीय र सुखद यात्राको योग छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।
मिथुन : स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।
कर्कट : चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। साथीभाइसँग समय बित्नेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेट हुनेछ।
सिंह : दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्।
कन्या : चिताएको कामले तीव्रता लिनेछ। विवेकको प्रयोग गर्न सके दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। प्राविधिक र वैदेशिक कामहरू भने रोकिन सक्छन्।
तुला : रोकिएका काम सुरु हुन सक्छन्। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ।
वृश्चिक : महत्त्वपूर्ण कामको थालनी हुनेछ। आफन्त र मित्र वर्गको सहयोग पाइनेछ। खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको भने ख्याल गर्नु पर्नेछ।
धनु : आलस्य तथा थकानको अनुभूति हुनेछ। काम बिगार्नेहरू सक्रिय रहन सक्छन्। नियमित खर्च बढ्नेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु उचित होला। वैदेशिक कार्य अघि बढ्नेछ।
मकर : पुरानो समस्या सुल्झाउन सकिनेछ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।
कुम्भ : शुभकार्यको चर्चा चल्नेछ। आत्मबल बढ्ने र प्रेम सम्बन्धमा मधुरता छाउनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति भने सजगता अपनाउनु पर्नेछ।
मीन : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्ने छ। नसोचेको ठाउँबाट धनागम हुनेछ। साँझमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
प्रतिक्रिया