माछापुच्छ्रे बैंकले ल्यायो ‘स्मार्ट डलर कार्ड’
मेरोन्यूज
२०७७ चैत १३ गते १८:२७

काठमाडौं । माछापुच्छ्र्रे बैंक लिमिटेडले ‘एमबिएल स्मार्ट डलर कार्ड’ संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैंक आज शुक्रबारदेखि सो कार्ड सञ्चालमा ल्याएको हो ।
माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकले आफ्नो स्थायी लेखा नम्बर (प्यान) परिचयपत्र पेस गरेर ५०० अमेरिकी डलर बराबरको कार्ड प्राप्त गर्न सक्नेछन् । उक्त कार्डमार्फत भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको इकमर्स साइटमार्फत अनलाइन भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा ग्राहकमाझ पुर्याउँदै आएको माछापुच्छ्रे बैंकले हालै मात्र नेपालका वाणिज्य बैंकको इतिहासमा पहिलोपटक आफ्नै ‘मोबाइल वालेट रेमिट्याप’समेत संचालनमा ल्याएको छ ।
सम्बन्धित













इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
कांग्रेस सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क, अन्य कुनमा कति ?
सेयर बजारमा सामान्य अंकको सुधार
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया