दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबार रकम दुई अर्बमाथि
मेरोन्यूज
२०८१ वैशाख ५ गते १५:५२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ञ (नेप्से) परिसूचक आज १४ दशमलव ८१ अङ्कले ओरालो लागेको छ । आजको कारोबारपछि परिसूचक शून्य दशमलव ७३ प्रतिशतले घटेर एक हजार नौ सय ९१ दशमलव ७१ अङ्कमा सीमित भएको छ ।
विभिन्न तीन सय १२ कम्पनीका कूल ५४ लाख ७१ हजार ६८ कित्ता सेयर ३९ हजार चार सय ७६ पटक कारोबार हुँदा रु दुई अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ दशमलव ५८ मा कारोबार भएका छन् ।
आजको कारोबारमा सबै उपसमूहको सूचकमा राताे देखिएको छ भने रुरु जलविद्युत् परियोजनाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
साथै एसबीएल डिबेञ्चर २०८९को शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने गुर्खाज फाइनान्सको नौ दशमलव ८६, सिभिल बैंक डिबेञ्चर २०८८ को आठ दशमलव १९ र ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य पाँच दशमलव ०२ प्रतिशतले बढेको छ ।
सम्बन्धित













स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू)
कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
प्रतिक्रिया