वृश्चिकका लागी आजकाे दिन विशेष, अन्य राशिकाे कस्ताे छ?

आजमिति २०८० साल वैशाख ६ गते विहिवार तदअनुसार अप्रिल १७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको दशमी तिथी, अश्लेशा नक्षत्र, गण्ड योग छ । चन्द्र राशि कर्कट। यो अशुभ योग हो ।
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : मनमा दुबिधा उत्पन्न हुन सक्छ। ठीक मानेर गरेको कामबाट आफैँलाई सन्तुष्टि नमिल्ला। काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। आर्थिक कारोबारमा विवाद आउन सक्छ।
वृष : टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। गोपनीय ढङ्गले गरेको क्रियाकलापमा सफलता पाउनुहुनेछ। शुभकार्यमा सरिक भइनेछ। समाजसेवामा मन लाग्नेछ। कसै-कसैका लागि सन्तान प्राप्तिको योग छ।
मिथुन : कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएका काम सुरु हुन सक्छन्। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। प्रेमीले प्रेमिकाको विचारलाई समर्थन गर्नेछन्। खानपिन र स्वास्थ्यप्रति सावधान रहन आवश्यक छ।
कर्कट : नवीन कार्यको योजना बन्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति भने सजग रहनु पर्नेछ।
सिंह : महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। लाभ-हानि, सुख-दुःख बराबरी खालको समय छ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला। वैदेशिक कार्य अघि बढ्नेछ।
कन्या : दैनिक कार्यमा सफलता पाइनेछ। विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। प्राविधिक र वैदेशिक कामहरू भने रोकिन सक्छन्।
तुला : चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। नयाँ कार्य वा रोजगारीको योजना बन्नेछ। प्रविधिमार्फत टाढाका नातागोता, परिवारजनसँग भेटघाट हुनेछ।
वृश्चिक : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लामो समयदेखि रोकिएको कार्यले पूर्णता पाउनेछ। बजारको यात्रा हुनेछ। साँझमा भने कलहको योग छ र आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
धनु : सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्। सामाजिक कार्यबाट सफलता मिल्नेछ।
मकर : कहीँकतैबाट कुनै उपहार प्राप्त होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। यात्राको क्रममा सचेत रहनु पर्छ। दौडधुप गर्नुपरे पनि लाभ नै हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।
कुम्भ : रमणीय र सुखद यात्राको योग छ। शुभकार्यमा सरिक भइएला। मान-सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। तर, अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।
मीन : दक्षिणा हात पर्न सक्छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ। सेयर बजार अन्तर्गत बीमा क्षेत्रबाट फाइदा मिल्नेछ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया