ग्लोबल आइएमई बैंकको नाफा २४ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ ।
बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा घटेको हो ।
बैंकले चैत मसान्तसम्म तीन अर्ब ३० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस्तै चैत मसान्तसम्म बैंकले १३ अर्ब दुई करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले ११ अर्ब ७९ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चैत मसान्तसम्म बैंकको खराब कर्जा ४.७४ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा ३.९६ प्रतिशत थियो ।
विवरणअनुसार बैंकले चैत मसान्तसम्म तीन खर्ब ६६ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गरेको छ भने चार खर्ब ५९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
















यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया