२५.९३ अंकले बढ्यो सेयर बजार, काराेबार रकम ४ अर्ब ८० करोड

काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । मंगलबार नेप्से बढेर २००६.२८ विन्दुमा रोकिएको छ ।
आज ३२० कम्पनिको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स १.५८ प्रतिशतले बढेर ३५७.५४ विन्दुमा रोकिएको छ ।
आज दुई कम्पनीको सेयर सकारात्मक सर्किटमा कारोबार भएको थियो । आज कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको थियो । यसैगरी आज ग्रीन डभलपमेन्ट बैंकको ८.२९,बोटलर्सको ७.६२ र साइन रेसुंगा डेभलपमेन्ट बैंकको ७.२० प्रतिशतले मूल्य बढेको थियो ।
त्यसैगरी आज सबैभन्दा बढी पोखरा फाइनान्सको शेयर मुल्य ७.१८ प्रतिशतले घटेको थियो ।
आज फाइनान्सबाहेक अन्य १२ वटा उपसमूहको सूचक बढेको थियो । आज डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक ४.९० प्रतिशतले बढेको थियो । आज कारोबार रकमका आधारमा साइन रेसुंगा डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । यस बैंकको १८ करोड २४ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो ।













बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया