स्वास्थ्य प्रणालीमा सुधार ल्याउन रोग लाग्न नदिने अवस्था बनाउनुपर्छः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य प्रणालीमा सुधारका लागि रोग लाग्न नदिने अवस्था बनाउन लाग्नुपर्ने बताए ।
काठमाडौँ महानगरपालिका वडा नं ३० मा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको दोस्रो वार्षिकोत्सवका अवसरमा आज स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्दै उनले स्वास्थ्य प्रणालीमा सुधार गर्न रोग लाग्नुअघि नै निधानात्मक उपाय प्रवर्धनमा जोड दिनुपर्ने बताए ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले रोग लागेपछि मात्र अस्पताल जाने प्रचलन रहेकामा स्वास्थ्य प्रणालीमा सुधार ल्याएर रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे । “ठूलो रोग लागे गरिबीमा फस्ने अवस्था छ, स्वास्थ्य प्रणालीलाई सुधार गर्दै नागरिकलाई निरोगी राख्न र उपचार गनुपर्ने अवस्था आउन नदिन सहरी स्वास्थ्य केन्द्रको अवधारणा ल्याइएको हो”, उनले भने ।
उनले स्थानीय सरकारले प्राथमिक स्वास्थ्य र नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नतर्फ ध्यान दिन पनि आग्रह गरे। नागरिकले पनि स्वास्थ्य जीवनशैलीमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
महामन्त्री थापाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र वडावासीको स्वास्थ्यसँग सम्बन्धित सबै विषयको विवरण राख्ने, स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोग लाग्नै नदिन जनचेतना फैलाउने र सहुलीयत दरमा औषधिको व्यवस्था गर्ने उद्देश्यले स्थापना भएको बताए
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया