शनिबार, चैत १४, २०८२

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय 

मेरोन्यूज २०८१ जेठ ६ गते ११:४१

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार बिहान बसेको बैठकले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने निर्णय भएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

कांग्रेसले रविमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित लगातार संसद अवरोध गर्दै आएको छ । रविले यस विषयमा संसदमा आफूले बोल्न पाउनुपर्ने अडान राख्दै आए पनि कांग्रेस तयार थिएन । तर, आज विपक्षी दलहरूको दोस्रो बैठक राखेको कांग्रेस यसमा लचिलो भएको हो ।

शाहीका अनुसार रविले दिने जवाफमा प्रतिपक्षी दलहरू सहमत भएको खण्डमा संसदीय समितिको माग समेत फिर्ता लिने र संसद चल्न दिने समझदारी भएको छ । अन्यथा संसदीय समितिले पूर्णता नपाउन्जेल संसद चल्न नदिने बैठकले निर्णय लिएको शाहीले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ७ गते संसदमा विश्वासको मत माग्दैछन् । यदि प्रतिपक्षले संसद अवरोध जारी राखे विश्वासको मत लिने प्रक्रिया पनि अवरुद्ध हुन सक्छ ।

हिजो दलहरुबीच संसदीय समिति गठन गर्ने विषयमा सहमति भइसकेको छ । संसदीय समितिको टीओआर बनाउन एउटा कार्यदल बनाइएको छ, जसको बैठक अहिले बसिरहेको छ ।

सदन अवरोध नै रहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मत समेत प्रभावित हुन सक्ने देखिएको  छ। सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया