एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली

बाजुरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको मतदान ओलीले दुई सय १८ मत प्राप्त गर्दा प्रत्यासी भरतबहादुर थापाले दुई सय तीन मत पाए ।
उपाध्यक्षमा निर्वाचित जनककुमार बोहराले दुई सय ७४ मत प्राप्त गर्दा प्रत्यासी मेघराज शाहीले एक सय २० मत पाए । सचिवमा विजयी काशीबहादुर विकले दुई सय ४१ पाउँदा प्रत्यासी जनक विष्टले एक सय ७१ मत पाए ।
साथै उपसचिव (खुला) मा विजयी हरिबहादुर रोकायाले दुई सय ७७ प्राप्त गर्दा प्रत्यासी मानबहादुर रोकायाले एक सय १५ मत तथा उपसचिव (महिला) मा विजयी राजकला सार्कीले दुई सय ७७ मत पाउँदा प्रत्यासी कल्पना महतले एक सय २६ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत तुलाबहादुर थापाले जानकारी दिए ।
यही जेठ १ गतेबाट सुरु भएको आठौँ अधिवेशनमा चार सय ३९ जना प्रतिनिधि थिए । जसमा चार सय २५ मत खसेको थियो । पदाधिकारीको मतगणना सकिएपछि जिल्ला कमिटी सदस्यको मतगणना सुरु गरिएको निर्वाचन कमिटीले जनाएको छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया