शुक्रबार, चैत १३, २०८२

छानबिन समितिको कार्यादेश टुंगो लगाउन बसेकाे बैठक निष्कर्षविहीन

मेरोन्यूज २०८१ जेठ ८ गते ११:३५

काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरु यथावत अडान भएकाले बैठक निष्कर्षविहीन भएको हो ।

बैठकमा कार्यादेश टुंगाउने विषयमा सकारात्मक छलफल भएको रास्वपाका सांसद शिशिर खनालले जानकारी दिए । 

आजको बैठकमा भएको छलफल पछि सबै आ-आफ्नो दलमा छलफल गरेर फेरी अर्को बैठक आजै दिउसो बस्ने रास्वपा नेता खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया