राष्ट्रिय सभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधकाबिच राष्ट्रिय सभाबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति प्रतिनिधिसभा बैठकमा पेस गरेका थिए ।
मङ्गलबारको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले प्रतिपक्ष दलहरूको विरोधका बिच सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनमा धन्यवाद प्रस्ताव पारित भएको हो । कांग्रेसको विरोधका बिच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले धन्यवादको प्रस्तावमा सभाले सहमति जनाएको ब्यहोरा सभासमक्ष जानकारी दिए।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गरेका छन् । राष्ट्रिय सभाको अर्को बैठक जेठ ११ गते शुक्रबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया