त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने
मेरोन्यूज
२०७७ चैत १७ गते १९:१९

काठमाडाैं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।
एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै विजेतालाई पुरस्कार दिने घोषणा गरेको हो । दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियाे ।
नेपालका लागि सन्जोक राई र विशाल राईले एक/एक गोल गरेका थिए । बङ्गलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्याे भने उपविजेता बङ्गलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ ।
सम्बन्धित









नेपालमा शाओमी १५टी : लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा
हरेक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरभित्रै : राष्ट्रसंघ
एमालेले दियाे सर्वोच्चमा रिट, प्रतिनिधि सभा पुनर्स्थापना र प्रधानमन्त्रीको नियुक्ति बदर गर्न माग
राष्ट्रपतिसँग नेपालका लागि साउदीका राजदूतको बिदाइ भेट
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
सुदन गुरुङले आफ्नो घरमा गएर धम्की र ज्यानमाथि दागा गरेकाे किसान श्रेष्ठको आरोप
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
चुनावमा भाग लिने कांग्रेसको निर्णय
प्रतिक्रिया