कथाकार ओलीका ‘जितौरी’ र ‘यालमाया’ एकसाथ बजारमा

काठमाडाैं । कथाकार पूर्ण ओलीका दुई कथा ‘जितौरी’ र ‘यालमाया’ को मंगलबार राजधानीमा एकैसाथ विमोचन गरिएको छ । सरकारी सेवामा आबद्ध ओलीले विसं २०७२ मा दुर्घटनामा परी निधन भएका छोरा परिशीलनको जन्मजयन्तीको दिन पारेर आज उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।
यसअघि उनले खण्डकाव्य तथा गीति नाटकलगायत अन्य थुप्रै फुटकर कथा/कविता लेखिसक्नुभएको छ । पुस्तक विमोचन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा देवी नेपालले लेखक ओलीको शालीन व्यक्तित्व कथामा झल्किएको बताए । नेपालले सामाजिक विकृतिलाई हेर्ने ओलीको दृष्टिकोण पृथक र गजब लोभलाग्दो रहेको प्रतिक्रिया दिए ।
“कथाले हरेक क्षेत्रमा उत्तर खोजिरहेको छ, यालमायामा त्रिकोणातमक प्रेम छ तर भावनात्मक भन्दा द्वन्द्वात्मक छ”, नेपालले भने, “ती कथामा वर्ग द्वन्द्व स्पष्ट रूपमा झल्किएको छ ।” उनले कथामा निराशा र विकृति मात्रै नदेखाएर बाटो र समाधान देखाउने काम गरेर लेखकले छुट्टै पहिचान स्थापित गरेकाे बताए ।
पूर्वगृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले कथामा रुकुमको स्थानीय ठेट शब्दको प्रयोग गरेर साहित्यमा महत्वपूर्ण योगदान पुर्याएकाे बताए । कथाहरूमा मायाप्रेम भित्र राजनीतिक र राजनीतिभित्र मायाप्रेम मिसिएको स्मरण गर्दै उनले साहित्यले समाजका उतारचढाव, सङ्घर्ष र राजनीतिकलाई कलात्मक रूपले अभिव्यक्त गर्नसक्नु पर्नेमा जोड दिए । प्रभाकरले कथाभित्र आफूले ती विषय पाएको बताए ।
आख्यानकार अश्विनी कोइरालाले नेपाली साहित्यको क्षेत्रमा प्रेम साहित्यको नाम लिँदा यालमायालाई भुल्न नहुनेमा जोड दिए । “कथाकार ओलीले पुस्तकमा छोटा र सरल वाक्य प्रयोग गरेर सुरम्य सङ्गीत जस्तो भाषा खेलाउनु भएको छ”, कोइरालाले प्रतिप्रश्नका साथ भन्नुभयो, “यति ठूलो सम्भावना भएको लेखक यत्रा वर्षसम्म कहाँ हराउनुभएको थियो ?”
अधिवक्तासमेत रहेका स्रष्टा मनोहर लामिछाने लेखक ओलीले भाषिकाको प्रयोग आफ्नै रुकुमको भूगोलको प्रयोग गरेर कथामा सुगन्ध थपिदिएको बताए । सामाजिक यथार्थवादी र मनोवैज्ञानिक परिवेश समेटिएको उक्त कथामा लेखकले आफ्नो जागिरे जीवनको भोगाइ सूक्ष्म ङ्गले प्रस्तुत गरिएको लामिछानेको भनाइ थियो ।
समीक्षक डा रजनी ढकालले जितौरी कथा भूकम्पको परिवेशमा र जुवाडेका गतिविधिलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको बताए । “लेखकले सामाजिक जीवनलाई जीवन्तरूपमा उठाएर राज्यसँग जोड्ने प्रयास गर्नुभएको छ ”, ढकालले थपे, “ठूला कर्मचारीले साना कर्मचारी माथि गर्ने दुर्व्यवहार, साना कर्मचारीले बाध्य भएर गर्नुपर्ने चाकडीलगायत प्रशासनिक कमजोरीलाई यथार्थ रूपमा चित्रण गर्नुभएको छ ।”
लेखक ओलीले यलमायामा नारीप्रधान कथा समावेश गरिएको जानकारी दिँदै जितौरीमा प्रशासनिक पात्रमार्फत पहिले र अहिलेको राज्य व्यवस्थाको चरित्रमा कुनै परिवर्तन नआएको विषयलाई समेटेको बताए । रासस
















कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
यी हुन् एमाले सचिवालय बैठकका निर्णय
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया